Logo

प्रधानमन्त्री र राष्ट्रपतिको गलत तस्विर सामाजिक सञ्जालमा हाल्ने २ युवा पक्राउ, ५ बर्षसम्मको जेल सजाय

प्रधानमन्त्री र राष्ट्रपतिको गलत तस्विर सामाजिक सञ्जालमा हाल्ने २ युवा पक्राउ, ५ बर्षसम्मको जेल सजाय



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्विरको दुरुपयोग गरेको अभियोगमा २ जना युवक पक्राउ परेका छन । सोमबार पाल्पाको परान्दी स्थायी घर भएका २२ बर्षिय निर्मल गैरे र रुपन्देहीको शंकरनगर स्थायी घर भएका २३ बर्षिय यम प्रसाद पन्थी राष्ट्रपति र प्रधानमन्त्रीको अशोभनिय तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेको अभियोगमा पक्राउ परेका हुन ।

laxmi

नेपाल प्रहरीद्धारा खटिएको केन्द्रिय अनुसन्धान व्युरोको एक टोलीले उनीहरुलाई सोमबार भक्तपुरको सानोठिमी र चितवनबाट पक्राउ गरेको हो ।

नेपाल प्रहरीले हाल उनीहरुलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको मुद्दामा अनुसन्धान भईरहेको जानकारी दिएको छ । प्रहरीका अनुसार उक्त २ जनालाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार ५ बर्ष सम्म कैद र १ लाख रुपैयाँ जरिवाना वा दुवै हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL