Logo

मितेरी सहकारी ठगी : कम्बोडियामा पक्राउ परेका भण्डारीलाई नेपाल ल्याइयो

मितेरी सहकारी ठगी : कम्बोडियामा पक्राउ परेका भण्डारीलाई नेपाल ल्याइयो



काठमाडौं । मितेरी सहकारीको रकम अपचलन गरी फरार ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइएको छ। गए राति १० बजे भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको हो।

भण्डारीले मितेरी सहकारीको तीन करोड ४४ लाख र ज्योति गुरुङले ६ करोड बढी अपचलन गरेको आरोप छ। ललितपुरको महालक्ष्मीस्थित मितेरी सेभिङ एण्ड क्रेडिट कोओपरेटिभ लिमिटेडको १४ करोड ८१ लाख रुपैयाँ हिनामिनामा उनको समेत संलग्नता रहेको प्रहरीको दाबी छ।

सोही आरोपमा अनुसन्धान गर्न भण्डारीलाई नेपाल ल्याउन इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको थियो। यस्तै कांग्रेस उपसभापति धनराज गुरुङकी पत्नी ज्योति गुरुङविरुद्ध पनि नोटिस जारी भएको छ। तर उनी भने अहिलेसम्म पक्राउ परेकी छैनन् । भण्डारी भने केही महिना पहिले नै कम्बोडियामा पक्राउ परेका थिए।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यो मुद्दाको अनुसन्धान गरिरहेको । यसअघि कांग्रेस उपसभापति गुरुङसँग पनि दुई पटक सोधपुछ गरेको थियो । गुरुङले पनि मितेरी सहकारीबाट ऋण लगेको भेटिएको छ । सहकारीमा ब्याज पनि उनले तिरेको भेटिएपछि प्रहरीले सोधपुछ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्