काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा मितेरी डेभलपमेन्ट बैंकको खुद नाफा १०.०४ प्रतिशतले घटेर १३ करोड ४ लाख २ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १४ करोड ४९ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी घटेसँगै यसको नाफा पनि प्रभावित भएको हो ।
खुद ब्याज आम्दानी २१.३३ प्रतिशतले घटेर २० करोड ४३ लाख २४ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २५ करोड ९७ लाख ७ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । यता, सञ्चालन अम्दानी २१.३३ प्रतिशतले घटेर १८ करोड ६२ लाख ८८ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २२ करोड ५७ लाख ३३ हजार रुपैयाँ सञ्चालन आम्दानी कमाएको थियो ।
यता, एक वर्षको अवधिमा यसको वितरणयोग्य नाफा भने बढेको छ । असार मसान्तसम्म यसको वितरणयोग्य नाफा १५ करोड ६१ लख २१ हजार रुपैयाँ छ । प्रतिसेयर लाभांश क्षमता १२.८३ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ३३ पैसाले घटेर १० रुपैयाँ ७१ पैसामा सीमित भएको छ ।