काठमाडौं । एभरेष्ट बैंकको नाफामा वृद्धि भएको छ । बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ नाफा आर्जन गर्दै अघिल्लो आवको सोही अवधिको तुलनामा ३२.८० प्रतिशतले नाफामा वृद्धि गरेको हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब ७० करोड ३२ लाख २५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.३६ प्रतिशतले बढेर ९ अर्ब १२ करोड ९३ लाख ८८ हजार रुपैयाँ रहेको छ भने सञ्चालन नाफा ३१.६२ प्रतिशतले बढेर ७ अर्ब ४५ करोड ४२ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।
असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा नाफा ४ अर्ब ९५ करोड ४४ लाख ७० हजार रुपैयाँ रहेको छ । अघिल्लो आवमा बैंकले सेयरधनीलाई लाभांश दिने क्षमता २८.०६ रुपैयाँ थियो । अहिले बढेर ३८.२७ रुपैयाँ रहेको छ ।
१२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १३ अर्ब ८८ करोड ५९ लाख १७ हजार रुपैयाँ रहेको छ ।
बैंकले २ खर्ब ९८ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ५२ करोड ४६ लाख २५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
हाल बैंकको खराब कर्जा ०.७१ प्रतिशतबाट घटेर ०.३८ प्रतिशत रहेको छ । हाल बैंकको प्रति सेयर आम्दानी ३७.९९ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ २४७.३९ प्रतिशत रहेको छ ।