काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मुल्य आज घट्दै प्रतितोला १ लाख ९८ हजार १ सय रुपैयाँ कायम भएको हो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घट्दै २३ सय १५ रुपैयाँ कायम भएको छ । यसअघि आईतबार नेपाली बजारमा चाँदी प्रतितोला २३ सय ३० रुपैयाँमा कारोबार भईरहेको थियो ।