Logo

विद्युत प्राधिकरणका उपप्रबन्धक विरुद्ध मुद्दा दायर, सवा २ करोड भ्रष्टाचार गरेको आरोप

विद्युत प्राधिकरणका उपप्रबन्धक विरुद्ध मुद्दा दायर, सवा २ करोड भ्रष्टाचार गरेको आरोप



काठमाडौं । नेपाल विद्युत प्राधिकरण चुहावट नियन्त्रण महाशाखाका उपप्रबन्धक विजयकुमार चौधरीका विरुद्ध अख्तियारले मुद्दा हालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल उनीविरुद्ध करिव सवा २ करोड भ्रष्ट्राचार गरेको आरोपमा मुद्धा दायर गरेको हो ।

चौधरीले सार्वजनिक सेवामा रहँदा दुई करोड १४ लाख ५८ हजार रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको बताउँदै अख्तियारले विशेष अदालमा मुद्धा दायर गरेको छ ।

अनुसन्धानअनुसार चौधरीले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती प्रियंकाकुमारी चौधरीको नाममा राखेको अख्तियारले जानकारी दिएको छ ।

अख्तियारले चौधरीकी श्रीमती प्रियङ्कालाई समेत प्रतिवादी कायम गरि मुद्धा दायर गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL