Logo

७ बर्षमा १७ प्रतिशत गरीबी घट्यो, कोषको कार्यक्रम प्रभावकारी भएको दावी

७ बर्षमा १७ प्रतिशत गरीबी घट्यो, कोषको कार्यक्रम प्रभावकारी भएको दावी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

laxmi

१६ चैत,काठमाडौं । गरीबी निवारण कोषको कार्यक्रमले ७ बर्षमा १७ प्रतिशत गरीबी हटाएको छ । कोषले कार्यक्रम गरेको ६ जिल्लामा गरिवीको दर बार्षिक २ दशमलव ४ प्रतिशतले बढको कोषले जानकारी दिएको छ ।
जबकी नेपालको गरिवी ७ बर्षको अवधिमा ५ प्रतिशतले हटेको छ ।

कोषका लागि त्रि.वि. अन्तर्गतको स्वतन्त्र निकाय आर्थिक विकास तथा प्रशासन केन्द्र(सेडा) ले २०७१ मा डोटी, दैलेख, जुम्ला, रोल्पा, रौतहट र हुम्लामा प्रभाव मुल्यांकन अध्ययन गरेका थियो । अभ्ययन अनुसार दलित तथा मुस्लिम समुदायमा गरीबी अझ बढी अर्थात १८ दशमलव ५ अंकले घटेको छ । सो अध्ययनमा ३ हजार गरीव घरधुरीहरु समावेश थिए ।

अध्ययन अनुसार आधार वर्ष अर्थात २००७को तुलनामा सो अवधिमा कोषले कार्यक्रम सञ्चालन गरेपश्चात सामुदायिक संस्थाहरुमा गरीव बर्गको प्रतिशत ३७ दशमलव २ मा झरेको बताइएको छ । सो कार्यक्रम सचालन पुर्व सामुदायिक सस्थाहरुमा अति गरीव वर्गको प्रतिशत ६३.८ रहेको थियो ।

यसैगरी कोषको आन्तरिक अनुगमनले कोषले उपलव्ध गराएको घुम्तिकोषको रकममा १९ दशमलव.७ ले वृद्धि भएको कोषले जानकारी दिएको छ । यसको औसत असुली ७८ दशमलव ३६ रहेकोछ । यस्तै कोषले आव २०७० र ७१को अन्तमा गरेको अध्ययनले घुम्ति कोषको उपयोग समुदायका ९३ प्रतिशत सदस्यले गरेको देखिन्छ । घुम्तीकोषको रकम २ वा २ भन्दा वढीपटक उपयोग गर्ने सदस्यको प्रतिशत ६० प्रतिशत रहेको बताइएको छ ।

१० वर्षको कार्यक्रम अवधिमा कोषले ४० कार्यक्रम जिल्लामा झण्डै २६ हजार सामुदायिक सस्थाहरु गठन गरेको छ ।

कार्यक्रमबाट ७लाख गरीव घरधुरी प्रत्यक्ष रुपमा लाभान्वित रहेका बताइएको छ । कोषले हालसम्म २४ हजार भन्दा वढी आयआर्जन सम्बन्धि र ५ हजार भन्दा वढी ससाना भौतीक पुर्वाधारका योजनाहरुलाई सहयोग गरेको छ ।

चालु आर्थिक वर्षको कोषको कुल विनियोजित वजेट ३ अर्व ६१ करोड रहेकोमा सामुदायिक सस्थाहरुका लािग रु २ अर्व ५८ करोडको वजेट विनियोजित गरेको छ । यसवाट २ हजार ५ सय ३ आयआर्जनसम्वन्धी, ७ सय ६७ सामुदायिक भौतीक पुर्वाधारसम्वन्धी र २सय ३६ आयउत्पादन विकास, वजार सम्वन्धन तथा सिर्जनशिल प्रयोग सम्वन्धि आयोजनालाई सहयोग गरिने कोषले जानकारी दिएको छ ।

यसैगरी सामाजिक परिचालन र क्षमता विकासका सम्वन्धी विविध गतिविधि संचालन गर्न कोषका सहयोगी संस्थाहरुका लागि ६३ करोड विनियोजन गरिएको छ । कुल विनियोजित वजेट अन्तर्र्गत कार्यक्रम सञ्चालन खर्च २ दशमलव ९३ प्रतिशत, परामर्श ४ प्रतिशत र तालीम तथा गोष्ठीको लागि २ दशमलव ७८ प्रतिशत रहेकोछ ।

प्रतिक्रिया दिनुहोस्
MBL