Logo

शितलनिवासमा चार नयाँ मन्त्रीले शपथ ग्रहण, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

शितलनिवासमा चार नयाँ मन्त्रीले शपथ ग्रहण, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शितलनिवासमा आयोजित विशेष समारोहमा चार नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

शपथ लिनेहरूमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल र विज्ञ मदन परियार रहेका छन् ।

पदभार विभाजनअनुसार सिन्हाले उद्योग, कानुन तथा भूमि मन्त्रालय, पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खरेलले सञ्चार तथा सूचना मन्त्रालय र परियारले कृषि मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

यसअघि अतिरिक्त स्वास्थ्य सचिव डा। संगीता मिश्राको नाम पनि मन्त्रीका लागि सिफारिस भए पनि अन्तिम समयमा आएर उनको नाम ‘होल्ड’ गरिएको छ ।

गत भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अहिले मन्त्रिपरिषद् आठ सदस्यीय बनेको छ ।

शपथग्रहण समारोहमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानमन्त्री कार्की लगायतका उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्