काठमाडौं । सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले देशका प्रमुख १० शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका छन्।
सोमबार मन्त्रालयको पदभार ग्रहण गर्दै खरेलले लिएको पहिलो निर्णयमार्फत पाँच महिनाभित्र यो योजना कार्यान्वयनमा ल्याइने जनाइएको छ।
पदभार ग्रहण समारोहमा मन्त्रालयका अधिकारीले तयार पारेको प्रस्तावमा आवश्यक संशोधन गर्न लगाएर मन्त्री खरेलले निःशुल्क इन्टरनेट सेवा प्रावधानसमेत समेट्न निर्देशन दिएका हुन्।
मन्त्रालयका अनुसार काठमाडौं बाहेकका प्रमुख १० शहरका सार्वजनिक स्थलहरूलाई प्राथमिकतामा राखी सेवा उपलब्ध गराइनेछ।