काठमाडौं । दुई पांग्रे तथा तीन पांग्रे सवारी साधन क्षेत्रमा विश्वकै अग्रणी अटोमोबाइल निर्माता TVS Motor Company (TVSM) ले नेपालमा TVS Apache RTR 160 2V Fi र TVS Raider iGo को उद्घाटन गरेको छ। यी दुवै नयाँ मोडलहरूले अत्याधुनिक प्रविधि, नवीन डिजाइन तथा उत्कृष्ट सवारी अनुभव प्रदान गर्दै नेपालमा कम्पनीको विविध उत्पादन श्रृंखलालाई थप मजबुत र व्यापक बनाउनेछन्।
प्रसिद्ध Apache Series को भाग, TVS Apache RTR 160 2V Fi बलियो रेसिङ्ग परम्परासहित डिजाइन गरिएको छ, जसले रोचक र रोमाञ्चक सवारी अनुभव दिने लक्ष्य राख्छ। यो मोटरसाइकलले गति, प्रदर्शन र सुरक्षाको उत्कृष्ट संयोजन प्रस्तुत गर्दछ। यसमा डुअल डिस्क ब्रेक, सिंगल–च्यानल ABS, कनेक्टेड डिजिटल क्लस्टर, AHO LED हेडलाइट र तीन राइड मोड (Urban, Sport, Rain) जस्ता सुविधाहरू समावेश छन्। रोमाञ्च खोज्ने र दैनिक जीवनका आवश्यकतासमेत पूरा गर्ने मोटरसाइकल प्रेमीहरू यसका प्रमुख लक्षित ग्राहक हुन्। विश्वव्यापी रूपमा, TVS Apache ६५ लाख भन्दा बढी ग्राहकहरूको पहिलो रोजाइ बनेको छ।
नेपालका युवा तथा प्रविधि–प्रेमी राइडरहरूलाई लक्षित गर्दै TVS Raider iGo प्रस्तुत गरिएको छ।लोकप्रिय घरेलु संस्करणकै प्लेटफर्ममा आधारित यो मोटरसाइकलमा TFT डिजिटल क्लस्टर, iGo स्टार्ट–स्टप प्रविधि, स्पोर्टी स्प्लिट सिट, दमदार स्टाइलिङ र गतिशील सवारी गुणस्तर जस्ता विशेषताहरू समावेश छन्।यसले कम्यूटर सेग्मेन्टलाई नयाँ परिभाषा दिँदै, Gen Z राइडरहरूका लागि सहजता, प्रदर्शन र स्मार्ट सुविधासहितको उत्कृष्ट विकल्प प्रस्तुत गर्दछ।
TVS Apache RTR 160 2V Fi- Matte Blue, Racing Red र Black तीन रङमा र Raider iGo- Nardo Grey र Wicked Black तीन रङमा उपलब्ध हुनेछ ।
“शुभारम्भको अवसरमा, टिभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यवसायका वरिष्ठ उपाध्यक्ष राहुल नायकले भने, “नेपालका ग्राहकहरूले शैली, प्रविधि र प्रदर्शनलाई उच्च मूल्य दिन्छन्। आज हामीले सार्वजनिक गरेका दुवै मोडल – TVS Raider iGo र TVS Apache RTR 160 2V Fi – अत्याधुनिक सुविधा, कनेक्टेड प्रविधि तथा अद्वितीय सवारी अनुभवसहित प्रस्तुत भएका छन्।मजबुत बिक्री तथा सेवा सञ्जालको साथमा, यी नयाँ मोटरसाइकलहरू आफ्ना–आफ्ना सेग्मेन्टमा छिट्टै नै ग्राहकहरूको पहिलो
रोजाइ बन्ने हाम्रो पूर्ण विश्वास छ।”
जगदम्बा मोटर्सका कार्यकारी निर्देशक साहिल अग्रवाल र निर्देशक अखिल गुप्ताले भने, “नेपालमा TVS Motor ले TVS Apache RTR 160 2V Fi र TVS Raider iGo को साथ नयाँ र उत्साहजनक अध्याय सुरु गरेको छ। यी मोटरसाइकलहरूले बजारमा उत्कृष्ट प्रदर्शन र डिजाइन प्रदान गर्नुका साथै हाम्रा युवा राइडरहरूको बदलिँदो लक्ष्यलाई पनि प्रतिबिम्बित गर्छन्।
ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धतालाई ध्यानमा राख्दै, हामी विश्वस्त छौँ कि यी नयाँ मोडलहरूले नेपालको बजारमा महत्वपूर्ण प्रभाव पार्नेछन् र Gen Z राइडरहरूदेखि लिएर प्रदर्शनप्रेमीहरूसम्म सबैलाई आकर्षित गर्ने कम्पनीको विश्वास छ ।
TVS Apache र TVS Raider सिरिज ग्राहकहरूबीच उल्लेखनीय रूपमा लोकप्रिय हुँदै गएकाले, नेपाल TVS Motor Company का लागि निरन्तर रूपमा महत्वपूर्ण बजारको रूपमा रहँदै आएको छ।
इन्जिनियरिङ्ग, नवप्रवर्तन र गुणस्तरका लागि विश्वव्यापी रूपमा परिचित TVS Motor ले, हाल एशिया, अफ्रिका, ल्याटिन अमेरिका र युरोपलगायत ८० भन्दा बढी देशहरूमा आफ्ना उत्पादनहरू बिक्री गर्दै आएको छ।
TVS Motor प्रतिष्ठित Deming Prize जित्ने एकमात्र दुई पांग्रे कम्पनी हो। हाम्रो उत्पादनहरूले J.D. Power IQS र APEAL सर्वेक्षणहरूमा आफ्ना–आफ्नै श्रेणीमा अग्रता कायम गरेका छन्। हामी लगातार चार वर्षसम्म J.D. Power Customer Service Satisfaction Survey मा नं. १ कम्पनीको रूपमा चयन भएको छ। TVS Motor Company ले आफू सञ्चालन गर्ने ८० भन्दा बढी देशहरूमा सबैभन्दा उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ।