Logo

नेपाल एसबिआई मर्चेन्ट बैंकिङद्वारा लाभांश घोषणा, २५ प्रतिशत नगद लाभांश वितरण गर्ने

नेपाल एसबिआई मर्चेन्ट बैंकिङद्वारा लाभांश घोषणा, २५ प्रतिशत नगद लाभांश वितरण गर्ने



काठमाडौं ।नेपाल एसबिआई मर्चेन्ट बैंकिङले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज ५ गते बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको करसहित २५ प्रतिशत अर्थात् ५ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

लाभांश पारित गर्न कम्पनीले असोज २७ गते नक्साल काठमाडौंमा बिहान ११ बजे १० औं वार्षिक साधारण सभा बोलाएको छ ।

सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरिनेछ। साथै, आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ।

प्रतिक्रिया दिनुहोस्