Logo

अर्थमन्त्री खनालको कडाइ, अर्थका कर्मचारीले घुस मागे वा ढिलासुस्तीमा गरे सिधै मन्त्रीलाई उजुरी गर्न सकिने

अर्थमन्त्री खनालको कडाइ, अर्थका कर्मचारीले घुस मागे वा ढिलासुस्तीमा गरे सिधै मन्त्रीलाई उजुरी गर्न सकिने



काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालय मातहतका निकाय र बैंक तथा वित्तीय संस्थाका कर्मचारीले अनियमितता वा ढिलासुस्ती गरे तत्कालै उजुरी गर्न सकिने व्यवस्था गरेका छन् । मन्त्रालयले सोमबार प्रकाशित सूचनामा उल्लेख भएअनुसार, कर्मचारीले गर्नु पर्ने काम नगरेमा, नगर्नुपर्ने काम गरेकोमा, वा अनुचित दबाब दिएको अवस्थामा सेवा लिने व्यक्तिले सीधा अर्थमन्त्रीको आधिकारिक इमेल वा मन्त्रालयको टोल–फ्रि नम्बरमा उजुरी गर्न सक्नेछन् ।

साथै, घुस वा रिसवत मागिएको, अनावश्यक ढिलासुस्ती गरिएको वा सेवामा कठिनाइ पैदा भएको खण्डमा पनि सीधा उजुरी गर्न सकिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । यसका लागि अर्थमन्त्री खनालले उपसचिव निरन भट्टराई र शाखा अधिकृत पवित्रा ज्ञवलीलाई सम्पर्क व्यक्ति तोकेका छन् ।

प्रतिक्रिया दिनुहोस्