Logo

मन्त्रिपरिषदको वरियतामा अर्थमन्त्री खनाल दोस्रोमा

मन्त्रिपरिषदको वरियतामा अर्थमन्त्री खनाल दोस्रोमा



काठमाडौं । प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनाल दोस्रो वरियतामा परेका छन्।

राष्ट्रपतिको कार्यालय शितलनिवासमा आज सम्पन्न शपथग्रहण समारोहमा खनालसँगै उर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्यालले पद तथा गोपनीयताको शपथ लिएका हुन्। मन्त्रिपरिषद्को वरियतामा खनाल दोस्रो, घिसिङ पहिलो र अर्याल तेस्रो स्थानमा छन्।

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिने तयारी गर्दै दोस्रो चरणका लागि छलफल थाल्ने भएकी छिन्। उनले सकेसम्म ११ सदस्यीय मन्त्रिपरिषद सीमित राख्ने योजना बनाएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्