काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)माथि कटाक्ष गरिरहेपछि बालेनले त्यसको जवाफ दिएका छन् । यसअघि हर्क साम्पाङले आफुले प्रधानमन्त्री तथा उत्कृष्ट मन्त्री पद नपाएपछि उनले बालेनमाथि तिखो कटाक्ष गर्दै आएका थिए ।
त्यसैको जवाफस्वरुप बालेनले मंगलबार फेसबुक पेजमा स्ट्याटस लेख्दै आफुले एकोहोरो माया गरिरहने बताए । उनले भनेका छन् ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।’
उनले अन्तिममा अंग्रेजीमा ‘’तिमी मेरो साँचो प्रेम हौं’ पनि भनेका छन् ।