Logo

मेयर बालेनद्वारा आन्दोलनकारीलाई घर फर्कन आग्रह

मेयर बालेनद्वारा आन्दोलनकारीलाई घर फर्कन आग्रह



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेन–जी पुस्ताका आन्दोलनकारीलाई पुनः घर फर्कन अपिल गरेका छन्।

सामाजिक सञ्जालमार्फत मेयर शाहले अब देश नयाँ पुस्ताको हातमा पुगेको भन्दै प्रदर्शन जारी रहेमा क्षति सबैको हुने चेतावनी दिएका छन्। उनले भने, “देश तपाईंहरुकै हातमा हो। तपाईंहरुले नै बनाउनुपर्ने हो। अब हुने क्षति तपाईं हाम्रो नै हुनेछ, त्यसैले घर फर्कनुहोस्।”

यसअघि डा। सन्दुक रुइतसहितका विशिष्ट पेशाकर्मी तथा नागरिक अगुवाले पनि आन्दोलनका मागहरूमध्ये धेरैलाई सरकारले सम्बोधन गरिसकेको भन्दै आन्दोलन अन्त्य गर्न आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्