Logo

शितल निवासमै रोपाईँ, राष्ट्रपति पौडेल सहभागी

शितल निवासमै रोपाईँ, राष्ट्रपति पौडेल सहभागी



काठमाडौं । धान दिवसका उपलक्ष्यमा राष्ट्रपति भवनमा रोपाइँ गरिएको छ । राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेल सहभागी थिए ।

रोपाइँ आरम्भ गर्दै राष्ट्रपति पौडेलले कृषिको आधुनिकीकरण गर्दै यसलाई व्यावसायिक बनाउनुपर्ने बताए । कृषिलगायत सबै किसिमका श्रमको सम्मानको संस्कृति र धान उत्पादनमा प्रोत्साहन दिन प्रतीकात्मक रुपमा रोपाइँमा सहभागी भएको बताए ।
कृषि पेसामा निर्भर भई कृषिलाई रोजगारीको आधारस्तम्भका रुपमा परिचित गराउन अग्रसर किसानलाई अन्नदाताका रूपमा सम्मान गर्नुपर्ने उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This