काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा प्राइम कमर्सियल बैंकले ४ अर्ब २ करोड ४४ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमाभन्दा १४.७२ प्रतिशतले बढी हो ।
अघिल्लो वर्षको यसैअवधिमा यसले ३ अर्ब ५० करोड ७८ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै यसको नाफा पनि बढेको हो ।
खुद ब्याज आम्दानी ११.९२ प्रतिशतले बढेर ८ अर्ब ८२ करोड २४ लाख ३४ हजार रुपैयाँले बढेको छ । सञ्चालन नाफा २३.४४ प्रतिशतले बढेर ६ अर्ब ५५ करोड ८० लाख १६ हजार रुपैयाँ पुगेको छ । यता, वितरणयोग्य नाफा र लाभांश वितरण क्षमतामा पनि आकर्षक वृद्धि भएकोछ । एक वर्षमा वितरणयोग्य नाफा १७९.३८ प्रतिशतले बढेर २ अर्ब ७८ करोड ८ लाख १९ हजार रुपैयाँ पुगेको छ ।
प्रतिसेयर लाभांश वितरण गर्ने क्षमता १४.३३ प्रतिशत छ । अघिल्लो वर्ष यस बैंकको यस्तो क्षमता ५.१३ प्रतिशत मात्रै थियो । असार मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ ७४ पैसा कायम भएको छ । २०८१ को असारसम्म यसको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ०८ पैसा थियो ।