काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट कार्यान्वयनसँग सम्बन्धित तीन महत्वपूर्ण विधेयक प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपतिको कार्यालयका अनुसार सोमबार प्रमाणीकरण गरिएका विधेयकहरूमा संघीय सञ्चित कोषबाट सेवा तथा कार्यका लागि रकम विनियोजनसम्बन्धी विधेयक, अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक, र राष्ट्र ऋण उठाउने अधिकारसम्बन्धी विधेयक रहेका छन् ।
तीनै विधेयक अब कानुनका रूपमा लागू हुनेछन् । यससँगै आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको बाटो खुलेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते संघीय संसद्मा प्रस्तुत गरेको बजेटका लागि आवश्यक कानुनी प्रक्रिया अन्तर्गत यी विधेयकहरू संसद्ले पारित गरी राष्ट्रपतिसमक्ष पठाएको थियो ।