Logo

राष्ट्रिय बाणिज्य बैंकको नाफामा उच्च वृद्धि, कमायो ३ अर्ब ८१ करोड नाफा

राष्ट्रिय बाणिज्य बैंकको नाफामा उच्च वृद्धि, कमायो ३ अर्ब ८१ करोड नाफा



काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ३ अर्ब ८१ करोड ६७ लाख ९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ४९.५३ प्रतिशतले बढेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ५५ करोड २४ लाख ६७ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको वितरणयोग्य नाफा ३० करोड ३४ लाख ९६ हजार रुपैयाँ रहेको छ । बैंकको लाभांश दिने क्षमता १.९४ प्रतिशत रहेको छ ।

असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १० अर्ब ८ करोड २४ लाख १४ हजार रुपैयाँ रहेको छ भने सञ्चालन मुनाफा ५ अर्ब ३८ करोड २५ लाख ७७ हजार रुपैयाँ रहेको छ । १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ३७ अर्ब ४७ करोड ५४ लाख ९ हजार रुपैयाँ रहेको छ ।

बैंकले ५ खर्ब ४१ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ खर्ब ९४ अर्ब १८ करोड ८४ ालख ६० हजार रुपैयाँ कर्जा दिएको छ । बैंकको खराब कर्जा ३.५९ प्रतिशत रहेको छ । यस्तै प्रतिसेयर आम्दानी २४.४१ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्