Logo

नेपाल बैंकको नाफा ३ अर्ब ७७ करोड, वितरणयोग्य नाफा ऋणात्मक

नेपाल बैंकको नाफा ३ अर्ब ७७ करोड, वितरणयोग्य नाफा ऋणात्मक



काठमाडौं । नेपाल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ अर्ब ७७ करोड ३० लाख ८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १३ हजार १७५.८९ प्रतिशतले बढेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा २ करोड ८४ लाख २० हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १६.८२ प्रतिशतले बढेर १० अर्ब ८ करोड ७१ लाख ५१ हजार रुपैयाँ पुगेको छ । यस्तै बैंकको सञ्चालन नाफा ६९२.४३ प्रतिशतले बढेर ५ अर्ब ४१ करोड ५८ लाख ८६ हजार रुपैयाँ रहेको छ । बैंकको इम्पेरमेन्ट चार्ज अघिल्लो आवको असार मसान्तमा ४ अर्ब ७५ करोड ५२ लाख ५८ हजार रहेको थियो । गत आवको सोही अवधिमा १ अर्ब १३ करोड ५५ लाख ९७ हजार रहेको छ ।

बैंकको वितरयोग्य नाफा ४४ करोड ९० लाख ८९ हजार रुपैयाँ ऋणात्मक छ । लाभांश दिने क्षमता पनि ३ रुपैयाँ ६ पैसा ऋणात्मक छ । बैंकको प्रति सेयर आम्दानी २५.६८ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ २५९.८१ रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा ४.३३ प्रतिशतबाट बढेर ४.४७ प्रतिशत पुगेको छ । १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २३ अर्ब ४८ करोड २९ लाख ५९ हजार रुपैयाँ छ । ३ खर्ब ३२ अर्ब २ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ अर्ब २१ अर्ब ७० करोड ३४ लाख ८५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्