Logo

प्रभु बैंक र पाेखराकाे मेडिप्लस अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालका सेवामा विशेष छुट

प्रभु बैंक र पाेखराकाे मेडिप्लस अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालका सेवामा विशेष छुट



काठमाडौं । प्रभु बैंक लिमिटेड र पोखराको रानीपौवा स्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरबीच सम्झौता भएको छ । बैंकले आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्भौतापत्रमा हस्ताक्षर भएको हो ।
मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका तर्फबाट अध्यक्ष आनन्द भट्टराई र प्रभु बैंकका तर्फबाट, बैंकका प्रमुख व्यवसाय केन्द« अधिकृत राजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिट/क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै बिद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि.मा उपलब्ध विभिन्न सेवाहरुमा १० प्रतिशत देखी २५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । विशेष गरि, बैंकका कर्मचारी तथा ग्राहकहरुलाई अतिरिक्त हेरचाह प्रदान गर्ने योजना अन्तर्गत यो छुट उपलब्ध गराइएको हो ।

प्रतिक्रिया दिनुहोस्