Logo

कांग्रेसले खरिद गर्याे १३ करोडको जग्गा, सानेपामा केन्द्रीय कार्यालय विस्तार गर्दै

कांग्रेसले खरिद गर्याे १३ करोडको जग्गा, सानेपामा केन्द्रीय कार्यालय विस्तार गर्दै



काठमाडौं । नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यालय रहेको ललितपुरको सानेपास्थित परिसर विस्तार गर्न १९ आना जग्गा खरिद गरेको छ। सानेपा कार्यालयको अगाडिको १ रोपनी ३ आना ३ पैसा क्षेत्रफलको जग्गा र त्यसमा बनेको तीनतले भवन कांग्रेसले खरिद गरेको हो।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, उक्त सम्पत्ति ललितपुर निवासी अमिर मान अमात्यको स्वामित्वमा थियो। असार ११ गते महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा जग्गा खरिद सम्बन्धी सम्झौता सम्पन्न भएको हो।

सम्झौताअनुसार एक वर्षभित्र पास गर्ने गरी ५० लाख रुपैयाँ बैना दिइएको छ भने सम्पूर्ण खरिद मूल्य १३ करोड रुपैयाँ रहने बताइएको छ। कांग्रेसले यो रकम पार्टीका विभिन्न तहमा उठाइने लेवी र शुभेच्छुकको सहयोगबाट संकलन गर्ने योजना बनाएको छ।

कांग्रेसले सानेपास्थित कार्यालय परिसरलाई थप व्यवस्थित, कार्यकर्तामैत्री र सुविधा सम्पन्न बनाउने उद्देश्यले यो कदम चालेको जनाएको छ। यसले पार्टीका विविध गतिविधिहरूलाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This