Logo

बजेट पासका लागि कांग्रेसको कडा निर्देशन, सांसदहरूलाई अनिवार्य उपस्थित र समर्थन गर्न ह्विप जारी

बजेट पासका लागि कांग्रेसको कडा निर्देशन, सांसदहरूलाई अनिवार्य उपस्थित र समर्थन गर्न ह्विप जारी



काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आर्थिक वर्ष २०८२/८३ को बजेट संसदबाट पारित गराउन आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थिति र समर्थन सुनिश्चित गर्न ह्विप जारी गरेको छ।

सोमबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले ह्विप जारी गर्दै मंगलबारको बैठकमा सबै सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित हुन, तटस्थ नरहन र बजेटको पक्षमा मतदान गर्न निर्देशन दिएका हुन्।

सरकारले भोलिको बैठकमा बजेट पास गर्ने अन्तिम तयारी गरिरहेको छ। संसद्मा स्पष्ट बहुमत रहेको सत्तारुढ गठबन्धनले बजेट सजिलै पारित हुने अपेक्षा गरेको छ।

प्रतिक्रिया दिनुहोस्