काठमाडों । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधव कुमार नेपालविरुद्ध मुद्धा दायर गरेको छ । पतञ्जलि योगपीठको नाममा हदबन्दी छुटमा जग्गा किनेर हाउजिङ कम्पनीलाई बिक्री गर्न मिलाएको आरोपमा पूर्वप्रधानमन्त्री नेपालसहितका विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।
२०६६ सालमा नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलीलाई काभ्रेको ५९३ रोपनी जग्गा किन्न स्वीकृति दिएको र दुई महिनामै त्यसको ३५३ रोपनी जग्गा हाउजिङ कम्पनीलाई बेच्न अनुमति दिएको थियो।
जग्गा बिक्री प्रक्रिया अघि बढाउन प्रधानमन्त्री नेपालले लिखित निर्देशन दिएको प्रमाण फेला परेको आयोगको दाबी छ।