काठमाडौं, ११ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज विशेष अदालतमा उपस्थित् हुने भएका छन् । अदालत उपस्थित् हुनेगरि उनका कानून व्यवसायीहरुले तयारी गरिसकेका छन् ।
काभ्रेको पतञ्जलि जग्गा प्रकरणमा माधव नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । नेपालले आफूनिकटका नेताहरुसँग आफूले कुनै गलत काम नगरेको भन्दै अदालतबाट निर्दोष सावित हुने विश्वास दिलाउने गरेका छन् । कतिपयले भ्रष्टाचारको मुद्दा लागिसकेपछि पार्टी अध्यक्षबाट राजीनामा नदिएको भनेर पनि नेपालको आलोचना गरिरहेका छन् ।
तर, एकीकृत समाजवादीको सिंगो पार्टी पँक्ति भने अध्यक्ष नेपालविरुद्ध राजनीतिक प्रतिशोध साँधेकोले अदालतबाट निर्दोष भएर आउने भन्दै राजीनामा दिन नहुने पक्षमा उभिएका छन् ।