Logo

औद्योगिक क्षेत्रभित्र जग्गा दलालीको वर्शच्व, सिण्डीकेट हटाउन उद्योग मन्त्रीको निर्देशन

औद्योगिक क्षेत्रभित्र जग्गा दलालीको वर्शच्व, सिण्डीकेट हटाउन उद्योग मन्त्रीको निर्देशन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२२ पुस, काठमाडौं । औद्योगिक क्षेत्रभित्र सिण्डीकेट बढेको उद्योगमन्त्री महेश बस्नेतले बताए । ‘हाल औद्योगिक क्षेत्रभित्र वास्तविक व्यवसायीभन्दा पनि जग्गा दलालीको वर्शच्व बढी छ भन्ने सुन्नमा आएको छ,’ आज बालाजु औद्योगिक क्षेत्र भ्रमणको क्रममा उनले भने, ‘यदि कसैले अवैधानिकरुपमा जग्गा ओगटेर बसेको छ त्यसलाई हटाउनोस ।’ सिण्डीकेट गर्ने तथा अवैधानिकरण रुपमा जग्गा ओगट्ने प्रवृति अन्य गर्नका लागि मन्त्रालय स्तरबाट जुनसुकै किसिमका सहयोग हुने समेत उनले बताए ।

सिन्डीकेट नहटेसम्म औद्योगिक क्षेत्र भित्र उद्योग कलकारखाना फस्टाउन नसक्ने समेत उनको भनाइ थियो । हाल केही व्यक्तिहरुले औद्योगिक क्षेत्रलाई कब्जामा लिएर आफुखुशी भाडा लिएको बताउँदै आगामी दिनमा यसलाई पनि बैज्ञाकि भाडादरमा लैजानुपर्ने उनको भनाइ थियो ।

देशमा लामो समयदेखि राजनीतिक अस्थिरता हुँदा उद्योग क्षेत्रको विकास हुन नसमेको बताए । ‘राजनीति अवस्था बिग्रदा उद्योग तथा मजदुर दुवै बिग्रीए,’ उनले भने, ‘राजनीतिको प्रभाव सबै क्षेत्रमा पर्यो ।’ राज्यको दायित्व उद्योग व्यवसाय आयकर बढाउने भएको बताउँदै करको दर बढाउन नहुने बताए ।

उनले औद्योगिक क्षेत्र भित्र देखिएका समस्याको व्यवस्थापन नयाँ ढंगबाट गर्नुपर्ने समेत जानकारी दिए औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योगमा एकीकृत सम्पत्ति कर लागु गर्न नहुने समेत उनको भनाइ थियो । ‘तपाईहरु औद्योगिक क्षेत्र विकासको प्रस्ताव ल्याउनुहोस्,’ उनले भने, ‘मन्त्रायले यसलाई सकारात्म रुपमा अघि बढाउनेछ ।’ आगामी दिनमा औद्योगिक क्षेत्र भित्र राजनीतिक आस्थाका आधारमा झगडा गर्ने प्रबृतिको अन्त्य गर्न समेत उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL