Logo

१८ देशका लागि नयाँ राजदूत सिफारिस, अमेरिकाका लागि रेग्मी चुनिँदा भारतका लागि शर्माको नाम सिफारिस

१८ देशका लागि नयाँ राजदूत सिफारिस, अमेरिकाका लागि रेग्मी चुनिँदा भारतका लागि शर्माको नाम सिफारिस



काठमाडौं । गएको सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सिफारिस गरेका नयाँ १८ राजदूतको नाम सार्वजनिक भएको छ । नयाँ सरकार गठनसँगै मन्त्रिपरिषदको बैठकले हाल भईरहेका राजदूतहरुलाई फिर्ता बोलाउँदै १८ देशमा नयाँ राजूत सिफारिस गरेको थियो । बैठकले भारत, अमेरिका, बेलायत, चीन, अष्ट्रेलियालगायतका देशका लागि नयाँ राजदूत सिफारिस गरेको छ ।

यी हुन् सिफारिस गरिएका नयाँ राजदूत :

डा. शंकरप्रसाद शर्मा – भारत
कान्ता रिजाल –अष्ट्रेलिया
नरेशबिक्रम ढकाल –साउदी अरेबिया
प्राडा कपिलमान श्रेष्ठ – दक्षिण अफ्रिका
धनप्रसाद पण्डित – इजरायल
रामकृष्ण भट्टराई – श्रीलंका
सनिल नेपाल – स्पेन
डा शैल रुपाखेती – जर्मनी
लोकदर्शन रेग्मी – अमेरिका
चन्द्रकुमार घिमिरे – संयुक्त अधिराज्य
डा शिवमाया तुम्बाहाङ्फे– दक्षिण कोरिया
जंगबहादुर चौहान – रुस
रमेशचन्द्र पौडेल – कतार
प्राडा कृष्णप्रसाद ओली – चीन
सुम्निमा तुलाधर – डेनमार्क
नेत्रप्रसाद तिमल्सिना – मलेसिया
प्रकाशमणि पोखरेल – पोर्चुगल
रीता धिताल – पाकिस्तान

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This