Logo

फेसबुकलाई सरकारको पुनः सात दिने अल्टिमेटम, सूचीकरण हुन नआए प्रतिवन्ध लगाउने निर्णय

फेसबुकलाई सरकारको पुनः सात दिने अल्टिमेटम, सूचीकरण हुन नआए प्रतिवन्ध लगाउने निर्णय



काठमाडौं । सरकारले नेपालमा सूचीकरण हुन आनाकानी गरिरहेका फेसबुकलगायतका सामाजिक संजाल प्लेटफर्मलाई पुनः ७ दिने अल्टिमेटम दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले सामाजिक संजाल प्लेटफर्महरुलाई ७ दिनभित्र नेपालमा सूचीकरण नभए नेपालमा चल्न नै नपाउने गरी रोक लगाउने निर्णय गरेको हो ।

यसअघि सरकारले पटकपटक फेसबुकलगायतका प्लेटफर्मको माउ कम्पनी मेटालाई नेपालमा सूचीकरण हुन आग्रह गर्र्दै आएको छ । तर, मेटाले नटेरेपछि सरकारले यसपटक सात दिने अल्टिमेटम दिएको हो ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० र सर्वोच्च अदालतको आदेश अनुसार सामाजिक सञ्जाललाई जवाफदेही बनाउने निर्णय सरकारले गरेको हो । यसका लागि सात दिनको समय दिएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण हुन आह्वान गरिने भएको छ ।

तोकिएको समयभित्र सूचीकरण नहुने वा सम्पर्कमा नआउने सामाजिक सञ्जाललाई नेपालभित्र नचल्ने गरी निष्क्रिय बनाउने निर्णय सरकारले गरेको छ । यसका लागि सञ्चार मन्त्रालयमार्फत नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्