Logo

रोकिएको कृषि बीमा अनुदान तत्काल भुक्तानी गर्दै सरकार, पुनः सुरु भयो बीमालेख विक्री

रोकिएको कृषि बीमा अनुदान तत्काल भुक्तानी गर्दै सरकार, पुनः सुरु भयो बीमालेख विक्री



काठमाडौं । सरकारले रोकिएको कृषि बीमावापतको प्रिमियमको अनुदान रकम तत्काल वितरण गर्ने घोषणा गरेको छ । बिहीबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा भएको एक बैठकमा कृषि बीमा बापत बीमा कम्पनीहरुले पाउनुपर्ने ९७ करोड रुपैयाँ प्रिमियम भुक्तानी तत्काल गर्ने निर्णय गरिएको मन्त्री ज्वाला कुमारी शाहले बताईन् ।

laxmi

करिव २ बर्षदेखि सरकारले बीमा कम्पनीहरुले बेचेको कृषि बीमाको अनुदान नदिएपछि बीमकहरुले कृषि बीमाको दावी भुक्तानी र बीमालेखको विक्री नै रोकेका थिए । तर, बीमा प्राधिकरणले यसरी बीमालेख विक्री नै रोक्न नहुने र यसलाई सूचारु राख्न भन्दै बीमकहरुलाई निर्देशन दिएपनि कम्पनीहरु प्राधिकरणको निर्देशनलाई नै आलटाल गर्दै आईरहेको थिए ।
करिव दुई महिना अघि दावी भुक्तानी र बीमालेख विक्री नै रोकिएपछि अर्थमन्त्रालयले बीमकहरुलाई सान्तवनास्वरुप ४६ करोड ४१ लाख रुपैयाँ भुक्तानी गरेको थियो ।

सरकारले २०६९ सालदेखि कृषक र कृषिलाई प्राथमिकता दिनका लागि भन्दै कृषि बीमाको प्रिमियममा ८० प्रतिशत अनुदान दिँदै आएको थियो । अर्थात कृषकले तिर्नुपर्ने प्रिमियमममध्ये ८० प्रतिशत सरकारले र बाँकी रहेको २० प्रतिशत कृषकले व्यहोर्दै आएका थिए ।

यसले कृषि बीमा गर्ने कृषकहरुलाई ठुलो राहतसमेत भएको थियो । प्रिमियको २० प्रतिशत मात्रै तिर्नुपर्दा कृषकहरुले आफुले उत्पादन गर्ने कृषि उपजदेखि पालन गर्दै आएको पशुहरुको बीमा सस्तो दरमा गर्दै आएका थिए ।

तर, सरकारले व्यहोर्ने भनेको कृषि बीमाको प्रिमियको ८० प्रतिशतको भुक्तानी करिव २ अर्ब हालसम्म नपाएपछि कृषि बीमा गर्नै नसक्ने अवस्थामा पुगेको बीमक कम्पनीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL