Logo

निर्जीवन बीमा व्यवसाय : ८ महिनामा २६ अर्ब १६ करोड बीमा शुल्क संकलन

निर्जीवन बीमा व्यवसाय : ८ महिनामा २६ अर्ब १६ करोड बीमा शुल्क संकलन



काठमाडौं । पछिल्लो ८ महिनामा नेपालमा संचालित निर्जीवन बीमा कम्पनीहरुले २६ अर्ब १६ करोड रुपैयाँ बढीको बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनदेखि फागुन मसान्तसम्मको अवधिमा १४ निर्जीवन बीमा कम्पनीहरुले १९ लाख १६ हजार ६ सय ६६ बीमालेखमार्फत उक्त बीमाशुलक आर्जन गरेका हुन् ।

laxmi

प्राधिकरणले अनुसार यस अवधिमा सबैभन्दा बढी बीमा शुल्क भने शिखर इन्स्योरेन्स कम्पनीले गरेको छ । पछिल्लो ८ महिनामा यो कम्पनीले २० लाख ८२ हजार बीमालेखमार्फत ३ अर्ब ७१ करोड रुपैयाँ बीमा शल्क आर्जन गरेको हो ।

यस्तै यसै अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ४ करोड सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब ५६ करोड र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ३० करोड रुपैयाँ बीमा शुलक आर्जन गरी क्रमशः दोस्रो, तेस्रो र चौथो धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनी भएका छन् ।

यसै अवधिमा नेको इन्स्योरेन्सले २ अर्ब ११ करोड, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब ८ करोड, यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ७४ करोड र एनएलजी इन्स्योरेन्सले १ अर्ब ६२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार यस अवधिमा सानिमा जिआइसी इन्स्योरेन्सले १ अर्ब ५६ करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब २३ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब २० करोड, ओरिएण्टल इन्स्योरेन्सले १ अर्ब १८ करोड, नेपाल इन्स्योरेन्सले ९९ करोड र नेशनल इन्स्योरेन्सले ७६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

चालु आवको फागुनमा मात्रै यी कम्पनीहरुले २ लाख ४५ हजार ५ सय ६० बीमालेख जारी गरी ३ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL