Logo

राष्ट्रिय योजना आयोगको सदस्यमा चार सदस्य नियुक्त, रिक्त सचिवमा चुडामणि पौडेलको बढुवा

राष्ट्रिय योजना आयोगको सदस्यमा चार सदस्य नियुक्त, रिक्त सचिवमा चुडामणि पौडेलको बढुवा



काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त चार सदस्यमा नियुक्तिको निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकबाट काठमाडौंकी प्राध्यापक संगीता सिंह, जुम्लाका डा. कुसेन्द्रबहादुर महत, पाल्पाका शिवराज अधिकारी र ललितपुरका अरनिकोकुमार पाण्डेलाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।

laxmi

यस्तै बैठकले नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाका सात र नेपाली तीन जनालाई जुगल हिमाल आरोहणका लागि आवश्यक दस्तुर मिनाहा गर्ने निर्णय गरेको छ । सिन्धुपाल्चोक जिल्लामा अवस्थित जुगल–१ र जुगल–२ हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन।

बैठकले नेपाल प्रशासन सेवा समूहतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा चुडामणि पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL