Logo

बालेनको निर्णयमा उच्च अदालत पाटनको रोक, भन्यो–चुरोट बिक्री वितरणमा रोक नलगाउनु

बालेनको निर्णयमा उच्च अदालत पाटनको रोक, भन्यो–चुरोट बिक्री वितरणमा रोक नलगाउनु



काठमाडौं । काठमाडौं महानगरपालिकामा प्रतिवन्ध लगाईएको चुरोट, खैनी, गुट्खालगायतको विक्री वितरणको निर्णय कार्यान्वयनमा नआउने भएको छ । शुक्रबार उच्च अदालत, पाटनले सुर्तीजन्य पदार्थ विक्री वितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश जारी गरेसँगै उक्त निर्णय कार्यान्वयनमा रोक लागेको हो ।

laxmi

यसअघि काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै मंसिर, २७ देखि काठमाडौं महानगरपालिकाभित्र सुर्तिजन्य पदार्थमा रोक लगाउन निर्देशन दिएको थियो । सोही अनुसार बुधबारदेखि काठमाडौंमा यसको विक्री वितरणमा रोक लागेको पनि थियो ।

तर, महानगरपालिकाको उक्त निर्णयविरुद्ध श्रीराम टोवागो उद्योगले उच्च अदालतमा रिट दायर गरेको थियो । उक्त रिटमा उच्च अदालत, पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म महानगरको १२ मंसिरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL