Logo

एक महिनामै १ लाख १७ हजार पर्यटकले गरे नेपाल भ्रमण, कुन देशबाट कति ?

एक महिनामै १ लाख १७ हजार पर्यटकले गरे नेपाल भ्रमण, कुन देशबाट कति ?



काठमाडौं । गएको अक्टोबर महिनामा मात्रै १ लाख १७ हजार बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार अक्टोबर महिनामा विभिन्न देशहरुबाट उक्त संख्यामा पर्यटकहरु नेपाल आईपुगेका हुन् ।

laxmi

यो एकै महिनामा १ लाख माथिको संख्यामा पर्यटक आएको करिव ५ बर्षपछि हो । अर्थात यसअघि सन २०१९ को अक्टोबरमा १ लाख १० हजार जना पर्यटक नेपाल आएका थिए । कोरोना महामारीका कारण पर्यटक आवागमन घटिरहेका बेला अक्टोबरमा भने पर्यटकको बाक्लो आवागमन भएको विभागले जानकारी दिएको छ ।

अक्टोबरमा नेपाल आएका पर्यटकमध्ये सबैभन्दा बढी भारतीय छ । यो अवधिमा छिमेकी देश भारतबाट मात्रै नेपालमा १८ हजार ४ सय ८० जना पर्यटक नेपाल आएका हुन् । यस्तै यसै अवधिमा अमेरिकाबाट १४ हजार ८ सय ७९, बेलायतबाट ८ हजार २ सय १७, चीनबाट ६ हजार ८ सय ८० र अष्ट्रेलियाबाट ६ हजार ७५ जना पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

यसरी चालु बर्ष अर्थात सन २०२३ को जनवरीदेखि अक्टोबरसम्म नेपालमा ८ लाख ९ हजार जना पर्यटक आईपुगेका छन् । यो संख्या हवाईमार्गबाट आउने पर्यटकको संख्या हो ।

प्रतिक्रिया दिनुहोस्
MBL