Logo

बालेन र अभियन्ता ई: आरोप प्रत्यारोपमा, विरोध राजनीतिक प्रेरित भएको बालेनको आरोप

बालेन र अभियन्ता ई: आरोप प्रत्यारोपमा, विरोध राजनीतिक प्रेरित भएको बालेनको आरोप



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह (बालेन) र अभियन्ता ई: बीच सामाजिक सञ्जालमा आरोप प्रत्यारोप चलेको छ । अभियन्ता ई: ले काठमाडौँ महानगर अगाडी उभिएर गत मंगलबारदेखि नगर प्रमुख बालेनको विरोध जारी राखेका बेला सोमबार बालेनले आफुले अभियन्ताहरुलाई वार्तामा बस्न आग्रह गरेको र उनीहरु सायद राजनीतिक स्वार्थले वार्तामा नआएको आरोप लगाएपछि ई: ले सामाजिक सञ्जालमार्फत नै बार्तामा बोलाउन बालेन नआएको स्पष्ट गर्दै नगर प्रहरी आएको बताएका छन् ।

laxmi

ई: ले भनेका छन्- ‘मेयर यहाँ आउनुभएको छैन। सँगै जवाफदेहिता माग गरिरहेका साथीहरू साक्षी छन् । करीब ३० मिनेट अगाडि अकस्मात एक नगरप्रहरीले पार्किङ लटमा बोलाए । कानून विज्ञ, शहरी विशेषज्ञ, सडक व्यवसाय प्रतिनिधि साथीहरूलाई बोलाउन ३० मिनेट समय माग्यौं । नगर प्रहरीले रिसाएर जवाफ दिए- त्यसोभए मेयरले भेट्दैन !’

अभियन्ता ई: सहितका अभियन्ताले गत मंगलबारदेखि बालेनले चुनाव अघि गरेका बाचा सम्झाउन भन्दै काठमाडौँ महानगरको राष्ट्रिय सभा गृह अगाडी उभिएर विरोध गरिरहेका छन् । उनीहरुले फुटपाथ व्यवसायीलाई वैकल्पिक व्यवस्था गरेर हटाउनु पर्ने बालेनको चुनाव अघिको प्रतिबद्धता विपरित अहिले काम गरेको आरोप छ । नगर प्रमुख बालेनले आफ्ना मागप्रति चासो नदिएको भन्दै उनीहरुले आफ्नो विरोध कार्यक्रम बुधबार विहान १० बजेसम्मका लागि लम्बाएका छन् ।

यसैबीच बालेनले सोमबार बिहान सामाजिक सञ्जालमार्फत आफु उनीहरु उभिएको ठाउमा गएर वार्ताबाट समाधान गरौँ भन्दा वार्तामा आउन नखोजेको आरोप लगाएका थिए । तर अभियन्ता ई: ले भने बालेन आफु नआएर एक नगर प्रहरी आएको बताएका छन् । साथै बालेनले कुनै राजनीतिक स्वार्थका कारण वार्तामा आउन नखोजेको भन्दै के अब वार्ता उनीहरुका नेतासँग गर्नुपर्ने हो भन्दै प्रश्न गरेका थिए । आइतबार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जालमा लेख्दै अभियन्ता ई: सँग वार्ता गर्नुपर्ने विषय उठाएको प्रति बालेनले संकेत गरेको बुझ्न सकिन्छ ।

उनले भनेका थिए-बिगत केही दिन देखि केही अभियानताहरु आन्दोलनमा हुनुहुन्थ्यो , उहाँहरुको कुरा सुन्न उहाँहरु उभिरहेको ठाउँमा म आफै गएर बार्ता गरौं यहाहरुको कुरा र समस्या सुनौं भन्दा अभियानताहरु संवादमा बोलाउदा आउन खोज्नु भएन । लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौ, सयाद कुनै राजनितिकी स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौ । के बार्ता हामीले उहाँहरुको नेतासँग गर्न पर्ने ?

फुटपाथ व्यवसायीहरूलाई विकल्प नदिई हटाएको भन्दै काठमाडौं महानगर र मेयर बालेनको आलोचना हुदै आएको छ । अझ महानगर प्रहरीले फुटपाथ व्यवसायीमाथि गरेको दुर्व्यवहार सामाजिक सञ्जालमा भाइरल नै हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL