Logo

तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन नियमावली स्वीकृत गर्ने सरकारको निर्णय

तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन नियमावली स्वीकृत गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको हो ।

laxmi

यस्तै मन्त्रिपरिषदको बैठकले संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० पनि संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ । यस्तै सरकारले निजामति सेवाका ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने, स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० स्वीकृत गर्नेलगायतका निर्णय गरेको छ ।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा.डा. अञ्जनी कुमार झालाई नियुक्त गर्ने निर्णय पनि सरकारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL