Logo

निर्जीवन बीमा कम्पनीले बैशाखमै कमाए साढे २ अर्ब बीमाशुल्क, १० महिनामा साढे ३२ अर्ब संकलन

निर्जीवन बीमा कम्पनीले बैशाखमै कमाए साढे २ अर्ब बीमाशुल्क, १० महिनामा साढे ३२ अर्ब संकलन



काठमाडौं । नेपालमा संचालित निर्जीवन बीमा कम्पनीहरुले बैशाख महिनामा मात्रै २ अर्ब ६७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा संचालित १७ बीमा कम्पनीले बैशाखमा मात्रै उक्त बीमाशुल्क संकलन गरेका हुन् ।

laxmi

बीमा प्राधिकरणका अनुसार यी कम्पनीहरुले चालु आर्थिक बर्षको १० महिनामा भने ३२ अर्ब ६८ करोड ९६ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । यी सबै कम्पनीहरुले गत साउन देखि बैशाख मसान्तसम्म २३ लाख ५० हजार ६ सय ५२ बीमालेख विक्री गरेर उक्त बीमाशुल्क आर्जन गरेका हुन् ।

बैशाख मसान्तसम्मको तथ्यांकलाई आधार मान्दा यस अवधिमा शिखर इन्स्योरेन्सले सबैभन्दा बढी ४ अर्ब ४२ करोड ६९ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिमा २ लाख २४ हजार २ सय ६८ बीमालेख विक्री गरी उक्त बीमाशुल्क आर्जन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले यसै अवधिमा ३ अर्ब ७३ करोड ७ लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ अर्ब ६४ करोड ९६ लाख र नेको इन्स्यारेन्सले २ अर्ब ४५ करोड ९३ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दै दोस्रो, तेस्रो र चौथो भएका हुन् ।

यस्तै यसै अवधिमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब ४९ करोड ४ लाख, राष्ट्रिय बीमा कम्पनीले २ अर्ब २ करोड ५१ लाख, एनएलजी इन्स्यारेन्सले १ अर्ब ९८ करोड ८० लाख, सानिमा जिआइसी इन्स्यारेन्स कम्पनीले १ अर्ब ८२ करोड ५ लाख र अजोड इन्स्यारेन्सले १ अर्ब ७१ करोड २६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

यस्तै यसै अवधिमा प्रभु इन्स्योरेन्सले १ अर्ब २७ करोड १० लाख, नेपाल इन्स्यारेन्सले १ अर्ब २७ करोड १७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका प्राधिकरणले जानकारी दिएको छ ।

बीमा प्राधिकरणका अुनसार आईएमई जनरल इन्स्योरेन्सले १ अर्ब ५१ करोड ४६ लाख, दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीले १ अर्ब १६ करोड ८ लाख, पु्रडेन्सियल इन्स्योरेन्सले १ अर्ब १५ करोड ८९ लाख, युनाइटेड इन्स्योरेन्सले १ अर्ब १५ करोड ५४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

यसरी चालु आवको १० महिनामा बीमाशुल्क संकलनका आधारमा सबैभन्दा कमजोर कम्पनी भने नेशनल इन्स्योरेन्स भएको छ । कम्पनीले यस अवधिमा जम्मा ८२ करोड ४२ लाख रुपैयाँ मात्रै बीमा शुल्क संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL