Logo

बीमा गरेको पाँच वर्षमा नरबहादुरको मृत्यु, नेपाल लाइफले दियो ६४ लाख रकम

बीमा गरेको पाँच वर्षमा नरबहादुरको मृत्यु, नेपाल लाइफले दियो ६४ लाख रकम



काठमाडौं । बीमा गरेको पाँच वर्षपछि मृत्यु भएका एक जनाको परिवारलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी दिएको छ । टीकापुर न।पा ०१, कैलाली घर भएका नरबहादुर साउदको परिवारलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६४ लाख २५ हजारको दावी भुक्तानी गरेको हो ।

नरबहादुर साउदको गत वैशाख १६ गते क्यान्सरका कारण मृत्यु भएको थियो । साउदले नेपाल लाइफ इन्स्योरेन्सको टीकापुर शाखा कार्यालयबाट २०७५ भदौ १३ गते ५० लाख बीमाङ्क भएको जीवन बीमा योजना लिएका थिए । बीमाङ्क बापतको रकम अन्तर्गत ५० लाख बोनस बापत १४ लाख २५ हजार रुपैयाँ गरी जम्मा ६४ लाख २५ हजार रुपैयाँ उनकी श्रीमतीलाई प्रदान गरिएको छ ।

टीकापुरमा आयोजित एक कार्यक्रमबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले चेक ज्ञानु देवी साउदलाई हस्तान्तरण गरेका हुन् । कागजात प्राप्त भएको पाँच दिन भित्रनै कम्पनीले भुक्तानी गरेको प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL