Logo

नेप्सेमा आजपनि दोहोरो अंकको वृद्धि, एक अर्ब ८७ करोडको कारोबार

नेप्सेमा आजपनि दोहोरो अंकको वृद्धि, एक अर्ब ८७ करोडको कारोबार



काठमाडौं । केही दिनयता निरन्तर वढेको सेयर बजार बुधबार पनि दोहोरो अंकको वृद्धि भएको छ । साताको कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.४९ अंकले बढेर एक हजार ९ सय ५९ दशमलब १२ विन्दुमा पुगेको हो । मंगलबार नेप्से ५१.३१ अंकले बढेर एक हजार ९ सय ४२ दशमलब ६३ विन्दुमा पुगेको थियो ।

बुधबार सेयरबजार बढेपनि कारोबार रकम भने घटेको छ । आज एक अर्ब ८७ करोड ३० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार दुई अर्ब २० करोड २३ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका १३१ कम्पनीको शेयरमूल्य बढेको छ भने ८३ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १५०३ रुपैयाँ पुगेको छ । त्यस्तै, युनिलिभर नेपाल लिमिटेडको शेयर मूल्य ९।९६ प्रतिशतले बढेर प्रतिकित्ता ३० हजार ७९० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार सानिमा इक्विटी फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको आज १४ करोड ६४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL