Logo

नक्कली भुटानी शरणार्थी प्रकरण, पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान आज पनि

नक्कली भुटानी शरणार्थी प्रकरण, पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान आज पनि



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान मंगलबार पनि हुँदैछ ।

laxmi

गत वैशाख २७ गते पक्राउ परेका खाँणको बयान हिजो सोमबारबाट सुरु भएको थियो । सोमबार सरकारी वकिलको कार्यालयमा पुर्याइएकोमा बयान नसकिएपछि आज पनि बयान हुन लागेको हो ।

शरणार्थी प्रकरणमा मुछिएसँगै खाँणले आफ्नो मोबाइल फोन फरम्याट गरेका थिए । उनको मोबाइलको डाटा रिकभर हुनका लागि समय लागे पछि हिजो सोमबारबाट मात्रै उनको बयान सुरु गरिएको प्रहरीले जनाएको छ । शरणार्थी प्रकरणमा पक्राउ परेका केशव दुलाल र सानु भण्डारीले आफनो बयानको क्रममा तत्कालीन गृहमन्त्री खाँणलाई मन्त्रालयमा नै पुगेर एक करोड ४६ लाख रुपैयाँ बुझाएको बताएका थिए ।

यस्तै प्रकरणमा पक्राउ परेका तत्कालिन गृह सचिव टेकनारायण पाण्डेले पनि खाँणको निर्देशनमा आफूले काम कारबाही अघि बढाएको बयान दिएपछि प्रहरीले खाँणलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL