Logo

बालेनले भने–भ्रष्टाचार गर्ने नेताका विरुद्ध प्रदर्शन होइन, सीधै बागमतीमा लगेर चोपल्नुस

बालेनले भने–भ्रष्टाचार गर्ने नेताका विरुद्ध प्रदर्शन होइन, सीधै बागमतीमा लगेर चोपल्नुस



काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले भ्रष्ट्राचारविरुद्धको आन्दोलनलाई कटाक्ष गरेका छन् । सामाजिक संजालमा लेख्दै बालेनले भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई होइन भन्दै सिधै कारवाही गर्न जिताएको टिप्पणी गरेका छन् ।

बालेनले सडकमा यस्तो नाटक धेरै पटक देखेकोले आफुले अब नपत्याउने भन्दै भ्रष्ट्राचार गर्ने नेता को हो भन्ने थाहा छ भने बागमतीमा लगेर चोपल्न भनेका छन् ।

बालेनले भनेका छन् :

भ्रस्टाचार बिरुद्धको आन्दोलन ? ?
को नेता हो थाह छ ?
घर कहाँ हो थाह छ ?
सिधै लगेर बागमतीमा चोपाल्नुस ।
यस्तो सडक नाटक धेरै देखी सक्यो हाम्ले ।
पत्याउदिन म चही ।
तपाईँहरुलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन, सिधै कार्बाही गर्नलाई हो, सिधै कार्बाही गर्ने निती बनाउनलाई हो ।

प्रतिक्रिया दिनुहोस्
MBL