Logo

७८ लाख रुपैयाँसहित २ हुण्डी कारोबारी पक्राउ, कारबाहीका लागि टेकु पठाईयो

७८ लाख रुपैयाँसहित २ हुण्डी कारोबारी पक्राउ, कारबाहीका लागि टेकु पठाईयो



काठमाडों । हुण्डी कारोबारमा संलग्न २ जना पक्राउ परेका छन् । आईतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले स्रोतविनाको साढे ७८ लाख रुपैयाँसहित २ जनालार्य पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कैलाली धनगढी उपमहानगरपालिका–९ घर भई काठमाडौं बिजुली बजार बस्ने २३ वर्षीय किशोर चौधरी र कैलाली गोदावरी नगरपालिका–१० का ५९ वर्षीय दिपेन्द्र बहादुर मल्ल छन् ।

laxmi

उनीहरुलाई प्रहरीले शुक्रबार पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट प्रहरीले नगद ७८ लाख ५० हजार रुपैयाँ र ४ लाख रुपैयाँको चेक बरामद गरेको छ ।

पक्राउ परेकामध्ये दिपेन्द्र मल्लले विगत ५ वर्षदेखि र किशोर चौधरीले ४ वर्षदेखि न्यूरोड क्षेत्रमा विभिन्न व्यक्तिहरुबाट हुन्डीको रकम संकलन गर्ने र बैंक डिपोजिटमार्फत रकम व्यवस्थापन गर्ने गरेको पाईएको छ । उनीहरुले दैनिक करिब १ करोडभन्दा बढीको रकम कारोबार गर्ने गरेको समेत अनुसन्धानमा खुलेको जनाएको छ ।

उनीहरुविरुद्ध नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ बमोजिम आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL