Logo

बजारमा ब्याजदर वृद्धिको असर : दुई दिनमा बढेको नेप्से एक दिनमै झर्यो, कारोबारमा सुधार

बजारमा ब्याजदर वृद्धिको असर : दुई दिनमा बढेको नेप्से एक दिनमै झर्यो, कारोबारमा सुधार



काठमाडौं । लामो समयको ओरालो यात्रापछि मंगलबार र बुधबार बढेको बजार बिहीबार उच्च अंकले बढ्न पुगेको छ । अघिल्ला दुई दिनमा नेप्से परिसुचक करिव ६९ अंकले बढेपनि बिहीबार एकैदिन घट्न पुगेको छ ।

बिहीबार बैंकहरुले असोजदेखि निक्षेपको ब्याजदर बढाउने निर्णय गरेसँगै ओरालो यात्रा तय गरेको नेप्से अन्तमा ५७ अंकले घट्न पुगेको छ । पछिल्लो समयको लगानीयोग्य पुँजीको अभाव तथा सोही अनुरुप कर्जाको ब्याजदर बढ्न जाँदा लगानीकर्ताहरुको मनोवल खस्किन गई सेयर बजारमा नकारात्मक असर परेको हो ।

बैंकहरुले निक्षेपमा व्याजदर बढाउने निर्णय गरेसँगै कर्जाको समेत ब्याज बढ्ने भन्दै लगानीकर्ताहरुले सस्तो मूल्यमै आफूसँग भएको सेयर बिक्री गरेर बजारबाट बाहिरिन थालेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

सोहीअनुरुप बिहीबार उच्च अंकले घटेको बजारमा सबै समुहका परिसुचकहरुमा सोहीअनुसार गिरावट आएको छ । बजारमा सबैभन्दाा बढी फाइनान्स समुहको परिसुचक ५.२४ प्रतिशतले घट्दा विकास बैंक र जलविद्युत समुह क्रमशः ४.६५ र ४.४६ प्रतिशतले ओरालो लागेका छन् । यसैगरी बजारमा सबै उपसमुहहरुमा उच्च गिरावट आएको छ ।

तर, उच्च अंकले घटेको बजारमा कारोबार रकममा भने सुधार आएको छ । बुधबार पनि कारोबार रकममा उच्च सुधार आएर १ अर्ब ४५ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बिहीबार २ अर्ब १२ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । जसमा २३२ कम्पनीको ६९ लाख ४० हजार कित्ता सेयर कारोबार भएको छ । बजारमा ९ कम्पनी बाहेक सबै कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL