काठमाडौं । त्रैमास समाप्त भएको ३० दिनभित्र महत्वपूर्ण वित्तीय सूचकको जानकारी दिन सूचीकृत कम्पनीलाई नेपाल स्टक एक्चेन्ज (नेप्से) ले निर्देशन दिएको छ । आइतबार एक सूचना जारी गर्दै नेप्सेले तोकिएको ढाँचा र समयमा नट्समार्फत वित्तीय विवरण बुझाउन नेप्सेले निर्देशन दिएको हो ।
‘प्रतिसेयर आम्दानी, मूल्य आय अनुपात, प्रतिसेयर खुद सम्पतिको मूल्य, प्रतिसेयर कुल सम्पतिको मूल्य, तरलता अनुपातसम्बन्धी विवरणसहितको त्रैमासिक प्रतिवेदन त्रैमास साप्त भएको ३० दिनभित्र पेश गर्नुपर्नेछ’ नेप्सेको सूचनामा भनिएको छ ।
साथै, लेखापरीक्षण भएको वित्तीय विवरण तथा लेखापरीक्षकको प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको ५ महिनाभित्र बुझाउन नेप्सेले भनेको छ । १० करोड वा त्योभन्दा माथिका सम्पति खरिद वा बिक्रीको जानकारी सूचीकृत कम्पनीले नेप्सेलाई दिनुपर्नेछ ।