Logo

लगानी बोर्डद्वारा आयोजित इन्भेष्टमेन्ट फोरम-२०२२ उदघाटन, वन स्टप सर्भिस डिजिटल सिष्टमको शुभारम्भ

लगानी बोर्डद्वारा आयोजित इन्भेष्टमेन्ट फोरम-२०२२ उदघाटन, वन स्टप सर्भिस डिजिटल सिष्टमको शुभारम्भ



काठमाडौँ । सार्वजनिक–निजी साझेदारीमा कार्यान्वयन गरिने प्राविधिक र आर्थिक दृष्टिले सम्भाव्य लगानीयोग्य परियोजनाहरूको संग्रहको सूची तयार गर्ने उद्देश्यले लगानी बोर्डले तयार पारेको परियोजना बैंक निर्देशिका प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाबाट सार्वजनिक गरिएको छ ।

laxmi

लगानी बोर्डद्वारा आयोजित सस्टेनेवल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फोरम–२०२२ उदघाटनका क्रममा प्रधानमन्त्रीले लगानीकर्ता सहजीकरणका लागि तयार पारिएको वन स्टप सर्भिस डिजिटल सिष्टमको पनि शुभारम्भ गरे । उक्त डिजिटल प्लेटफर्ममार्फत् लगानीकर्ताले लगानीका विषयमा जानकारी तथा जिज्ञासा राख्न सक्ने र लगानी सहजीकरणसँग सम्बन्धित सबै निकायहरू आवद्ध भई शीघ्र र प्रभावकारी सेवा प्रदान गर्नेछन् ।

उद्घाटन सत्रका अवसरमा, सम्माननीय प्रधानमन्त्रीले नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि लगानी बोर्डद्वारा तयार पारिएको ‘ नेपालमा मल कारखाना स्थापना’ अध्ययन प्रतिवेदन सार्वजनिक गरे । उक्त अध्ययन प्रतिवेदनमा इलेक्ट्रोलाइसिस र प्राकृतिक ग्यासबाट मलकारखाना सञ्चालनको तुलनात्मक अध्ययन प्रस्तुत गरिएको छ ।

फोरम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले लगानी बोर्डको कार्यालयले लगानी आकर्षण र सहजीकरणका लागि परिपक्व भूमिका निर्वाह गरेको भन्दै धन्यवाद व्यक्त गरे । उनले नेपालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिका लागि साध्य र साधन तयार हुनुपर्ने बताउँँदै यस उद्देश्य प्राप्तिका लागि सहयोग बढाउन विकास साझेदारहरूलाई आह्वान गरे ।

लगानी बोर्डको कार्यालयको लगानी प्रवद्र्धनको मुख्य उद्देश्यसहित स्वदेश र विदेशमा यस्ता प्रवद्र्धनात्मक कार्यक्रमहरू, रोड शो, परियोजना शोकेसिङ, लगानी सम्मेलन आयोजना गर्दै आएको छ । इन्भेष्टमेन्ट फोरम–२०२२ मा उद्घाटन समारोह पश्चात् समानान्तर सत्र तथा मुख्य सत्रका कार्यक्रम सञ्चालन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL