Logo

प्रतितोला ८ सयले बढ्यो सुनको मूल्य, ९६ हजार १ सयमा कारोबार हुँदैं

प्रतितोला ८ सयले बढ्यो सुनको मूल्य, ९६ हजार १ सयमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ८ सय रूपैयाँले बढेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले बढेर ९६ हजार १ सय रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय १० रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL