Logo

युट्युबर लामा पक्राउ, युट्युवमा हाल्थे अश्लिल भिडियो

युट्युबर लामा पक्राउ, युट्युवमा हाल्थे अश्लिल भिडियो



काठमाडौं । नेपाल प्रहरीले युट्युब च्यानलमा अश्लील सामग्री प्रसारण गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरो भोटाहिटीले ‘फोर रियल टिभी’ नामक युट्युब च्यानल सञ्चालन गरी उक्त च्यानलमार्फत अश्लील शीर्षक राखी समाजमा अश्लीलता फैलाउने काममा संलग्न नुवाकोटको बेलकोटगढी नगरपालिका घर भई काठमाडौँको बौद्ध बस्ने २२ वर्षीय प्रवेश लामालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले पक्राउ लामाले अश्लील सामग्री युट्युबलगायत सामाजिक सञ्जालमा प्रसारण गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेकाले पक्राउ गरिएको जानकारी दिए । पक्राउ लामालाई जिल्ला अदालत काठमाडौँबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL