Logo

नेपाल र बंगलादेशका लागि बिश्व बैंकको १ खर्ब ३० अर्ब सहयोग, क्षेत्रिय व्यापार प्रर्वद्धन गरिने

नेपाल र बंगलादेशका लागि बिश्व बैंकको १ खर्ब ३० अर्ब सहयोग, क्षेत्रिय व्यापार प्रर्वद्धन गरिने



काठमाडौं । बिश्व बैंकले नेपाल र बंगलादेशको क्षेत्रिय व्यापारका लागि १.०३ अर्ब डलर (१ खर्ब ३० अर्ब) रुपैयाँ वित्तीय सहयोग गर्ने भएको छ । बिश्व बैंकले दुई देशमा हुने व्यापारको समय, झन्झटिलो प्रक्रिया र ढुवानी खर्च घटाउने गरी उक्त सहयोग स्वीकृत गरेको हो ।

laxmi

यस अन्तर्गत एक्सेस कार्यक्रमअन्तर्गत दुई देशका सरकारले क्षेत्रिय व्यापारमा आईपर्ने अवरोधहरु पत्ता लगाउने, व्यापार पूर्वाधारको अवस्था, व्यापारको कागजी प्रक्रिया, र नीतिगत प्रक्रियाहरुमा अध्ययन हुने छ ।

पहिलो चरण अन्तर्गत क्षेत्रीय व्यापारलाई अटोमेशनमा रुपान्तरण गरी पुरानो कागजी प्रक्रियालाई हटाईने छ । यसले सिमामा हुने झन्भmटिलो प्रक्रिया अन्त्य गर्नेछ । यस्तै उक्त सहयोगमार्फत क्षेत्रिय व्यापारका लागि आवश्यक सवारीमा ट्र्याकिङ प्रणाली जडान गरिने, बन्दरगाहको स्तरोन्नति गरिने, बन्दरगाहमा सीसीटिभी राखिने, व्यापारिक करिडोरहरुको स्तरोन्नति गरिनेलगायतका क्रियाकलापहरु पर्नेछन् ।

बिश्व बैंकको उक्त सहयोगले दक्षिण एशियाको क्षेत्रिय व्यापारमा ठुलो परिवर्तन ल्याउने बिश्व बैंकका दक्षिण एशियाका लागि उप प्रमुख हार्ट्वीग साफरले बताए । उनका अनुसार यसले दक्षिण एशियाको समग्र अर्थतन्त्रमा सकारात्म परिवर्तन ल्याउनेछ ।

उक्त सहयोग अन्तर्गत बंगलादेशले पाएको ७५ करोड ३५ लाख डलरले सिलेट चरकाई सेओला सडक ४ लेनमा स्तरोन्नति गरिनेछ । यसले साविकको यात्रा समयमा ३० प्रतिशतको कटौति गर्ने बताईएको छ । यस्तै यसले बंगलादेशका विभिन्न बन्दरगाहहरु पनि स्तरोन्नति गर्ने बताईएको छ ।

यता नेपालले पाएको २७ करोड ५० लाख डलरले भने पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल गोरुसिंगे चनौटा ६९ किलोमिटर सडकखण्डको स्तरोन्नति गरिने छ । यसले पनि साविकको भन्दा यात्रा समय ३० प्रतिशतले घट्ने बतार्यएको छ । यस्तै यहि परियोजनाले राजमार्गको विभिन्न क्षेत्रमा कम्तिमा ३ बजार विस्तार गर्नेछ । जसले स्थानीय महिला र व्यापारीहरुले प्रत्यक्ष फाईदा लिने बताईएको छ । यस्तो बजार क्षेत्रमा वाईफाई, शौचालय, डिजिटल बुलेटिन बोर्डलगायतको सुविधा जडान गरिने छ । यस्तै उक्त परियोजनाले बिरगंज र भैरहवा सिमा नाकाका बन्दरगाहको क्षमता विकासमा पनि सहयोग पुर्याउने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL