GBIME

सुनको मूल्य बढ्यो, तोलाको ९० हजार ७ सयमा कारोबार हुँदैं


बिजखबर संवाददाता
10 October, 2021 12:00 pm

Bangle-gold

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ सयले बढेर ९० हजार ७ सयमा कारोबार भइरहेको छ ।

Bajaj
Nabil
Yamaha

यसअघि शुक्रबार छापावाला सुन तोलाको ९० हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार २५० रहेको छ ।

त्यसैगरी आइतबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैँयाले बढेर प्रतितोला ११७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

jagadamba_cement
प्रतिक्रिया दिनुहोस्

Nepal_telecom