काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख १६ सय १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँ कायम भएको हो ।
यस्तै आज चाँदीको मूल्य पनि घटेर २ हजार ५ सय २० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार प्रतितोला २ हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको चाँदी आज घट्दै प्रतितोला २ हजार ५ सय २० रुपैयाँ कायम भएको हो ।