Logo

उद्योगमन्त्री गजेन्द्र हमालद्वारा राजीनामाको घोषणा, प्रधानन्यायाधीशको सिफारिस भनेकोमा आपत्ति

उद्योगमन्त्री गजेन्द्र हमालद्वारा राजीनामाको घोषणा, प्रधानन्यायाधीशको सिफारिस भनेकोमा आपत्ति



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिने तयारी गरेका छन । नेपाली काँग्रेसका पुराना नेता रहेका हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमा नियुक्त गरेका थिए। सरकारले उनी काँग्रेसबाट मन्त्री बनेको प्रष्ट पारिसकेको छ ।

तर, मानिसहरुले प्रधानन्यायाधिसको प्रतिनिधिभन्दै आलोचना गरेपछि हमालले राजीनामा दिने तयारी गरेका हुन । प्रधानमन्त्री देउवासँग भेटेर आजै राजीनामा बुझाउने हमालले तयारी गरेका छन् ।

मन्त्री हमालले आफ्नो नियुक्तिमा प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको कुनै भूमिका नरहेको बताए । नियुक्तिमा प्रधानन्यायाधीशलाई मुछ्नुले आफू आश्चर्यचकित भएको बताए।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो लामो राजनीतिक सक्रियतालाई दृष्टिगत गरी नियुक्त गरेको ठानेको र आफूलाई त्यसबारे थाहा पनि नभएको बताए। उनले भने, ‘मलाई मन्त्री बन्दैछु भन्ने पनि थाहा थिएन।’

मन्त्रीमा नियूक्त भएको २ दिन नपुग्दै हमालले राजीनामा दिन लागेका हुन। देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL